नेपाली समय:

वि.सं २०८१ बैशाख १४   शुक्रवार

EnglishEN
आज बुटवलमा प्रचण्ड-नेपालको विरोध प्रदर्शन

आज बुटवलमा प्रचण्ड-नेपालको विरोध प्रदर्शन

माघ १५, काठमाडौँ | नेकपाको प्रचण्ड नेपाल पक्षले आज बिहिबार बुटुवलमा शक्ति प्रदर्शन गर्ने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको विरुद्धमा आज लुम्बिनी प्रदेश स्तरीय विरोध आयोजन कार्यक्रममा सम्बोधन गर्न उनीहरु बुटवल जाने भएका छन् ।

११ः४५ बजे बुटवलको गोलपार्क, जितगढी र राजमार्ग चौराहाबाट विरोध र्याली गरिने प्रदेश संघर्ष समितिका संयोजक ठाकुर गैरेले जानकारी दिए । सम्बोधन गर्नु पूर्व प्रचण्ड–नेपालले बुटवलका तीन ठाउँबाट र्याली निकाल्ने तयारी छ ।

विभिन्न तिन ठाउँबाट निस्किने र्यालीको नेतृत्व ठाकुर गैरे, बामदेव क्षेत्री, पुरुषोत्तम घिमिरे र बसन्त घर्तीले गर्ने छन् ।

यस्तै बुटवलको राजमार्ग चौराहाबाट सुरु हुने र्यालीको नेतृत्व धनश्याम भुषाल, धनश्याम यादब र नारायण जिसीले तथा जीतगढीको बलदेव खनाल, ओनसरी घर्ती र राजु गुरुङले गर्ने छन् । बुटवलमा लुम्बिनी प्रदेशका विभिन्न जिल्लाबाट कार्याकर्ता ल्याउन सवारीसाधनको व्यवस्था  गरिएको प्रदेश अध्यक्ष ओनसरी घर्तीले बताइन् ।

२८ Jan २०२१ , १०:३३am
उर्मिला गम्वा थारु