नेपाली समय:

वि.सं २०८१ बैशाख ४   मंगलवार

EnglishEN
देवघाटको त्रिकोणात्मक पुलका लागि बजेट अभाव

देवघाटको त्रिकोणात्मक पुलका लागि बजेट अभाव

चितवन, २० माघ (रासस) | पवित्र तीर्थस्थल देवघाटमा  निर्माणाधीन त्रिकोणात्मक पुलका लागि  बजेट अभाव भएको छ । चार वर्षदेखि निर्माणका प्रक्रियामा रहेको सो पुलका लागि बजेट अभाव भएपछि काम अगाडि बढाउन नसकिएको  सस्पेन्सन ब्रिज डिभिजनले जनाएको छ ।

डिभिजनका आयोजना प्रमुख ई कुमार थापाले पुल निर्माणका लागि रु ८३ करोड हाराहारी खर्च हुने जानकारी दिए । उनका अनुसार डिभिजनले परामर्शदाता कम्पनीमार्फत नक्शाङ्कनको काम सम्पन्न भई वातावरणीय प्रभाव मूल्याङ्कनको काम अन्तिम चरणमा पु¥याएको छ । उनले भने, “हाम्रो थोरै लागतका पुल बनाएको कार्यालयले यति ठूलो बजेट आएपछि निर्णय लिन सकेका छैनौँ ।” अर्थमन्त्रालयसँग परामर्श गरेर बजेट सुनिश्चितता भएपछि मात्रै काम अगाडि बढाउने उनको भनाइ छ । डिभिजनले पुल निर्माणलाई आफ्नो कार्यक्रमा समावेश गरेको छ । 
 
अर्थले बजेट सुनिश्चित गरेमा आउँदो आर्थिक वर्षको शुरुमा नै बोलपत्र आह्वान गर्न सकिने उनको भनाइ छ । यस कार्यालयले झोलुङ्गे पुलको काम गर्दै आएको छ । डिभिजनका सिनियर डिभिजनल इञ्जिनीयर हुमाकान्त मिश्रका अनुसार पुलको बीचको पिलरबाट तीनैतर्फ लम्बाइ १९०÷१९० मिटर छ । तीनैतर्फको जोडेर पुलको कूल लम्बाइ ५७० मिटर हुनेछ । चितवनतर्फ बीचमा ठूलो एउटा पिलर रहन्छ भने पुलले चितवन, नवलपरासी र तनहुँलाई जोड्दछ । पुल २।४ मिटर फराकिलो हुन्छ । उहाँले अहिले प्रचलनमा भइरहेका झोलुङ्गे पुलभन्दा दोब्बर फराकिलो हुने जानकारी दिनुभयो । आकर्षक उच्चस्तरको स्टिलको प्रयोग गरेर आर्च पुल बनाउन लागिएको हो ।
 
धार्मिक पर्यटक भित्र्याउने प्रमुख उद्देश्यका साथ पवित्र तीर्थस्थल देवघाटमा तीन जिल्ला जोड्ने गरी त्रिकोणात्मक धार्मिक पर्यटकीय पुल निर्माणको परिकल्पना गरिएको थियो । चार वर्षअघि तत्कालीन देवघाट क्षेत्र विकास समितिका अध्यक्ष टङ्कनाथ पौडेलले समितिका तर्फबाट पुल निर्माणका लागि पहल थाल्नुभएको थियो । उनले भने, “हामी निरन्तर लागिरहेका छौँ, केही दिनमा काठमाडौँ गएर सम्बन्धित निकायमा अनुरोध गर्दैछौँ ।” यो पुल रकमका कारण रोक्न नहुने जनाउँदै उनले देवघाटलाई विश्वसामु चिनाउन पुल सार्थक हुने बताए। 
 
देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरणबाबु घिमिरेले पुल निर्माणका लागि पहल भइरहेको जानकारी दिनुभयो । ठूलो रकम खर्च हुने भएकाले उच्चस्तरमा राजनीतिक र प्रशासनिक क्षेत्रमा पुलको महत्वको बारेमा बुझाउने काम भइरहेको बताउनुभयो । उनले भने, “मलाई विश्वास छ, छिट्टै पुल निर्माण अघि बढ्छ ।”
 
देवघाट विश्वका हिन्दूहरुका लागि पवित्र तीर्थस्थल हो । देवघाटबाट बढी पर्यटक आउने सौराहा, लुम्बिनी, पोखरा र पशुपति क्षेत्र पनि निकट रहेको छ । ती क्षेत्रमा आउने धार्मिक पर्यटकलाई देवघाट भित्र्याउनका लागि बन्न लागेको पुल सार्थक हुने अपेक्षा गरिएको छ । धार्मिक क्षेत्रमा आकर्षक पुल निर्माणसँगै आन्तरिक र बाह्य पर्यटक बढ्ने उनको भनाइ छ । 
–––

२ Feb २०२१ , २:४७pm
हाम्रो आवाज