नेपाली समय:

वि.सं २०८२ जेठ १९   आइतबार

EnglishEN
बाँके प्रहरी को सक्रियता मा मोटरसाइकिल चोरी गर्ने गिरोह पक्राउ

बाँके प्रहरी को सक्रियता मा मोटरसाइकिल चोरी गर्ने गिरोह पक्राउ

 

बाँके,माघ -२८ -नेपालगञ्जका विभिन्न स्थानबाट चोरी गर्ने गिरोहपक्राउ गरिएको छ ।नेपालगंज बाट मोटरसाइकिल चोरी गरेर  पहाडी जिल्लामा बिक्रि गर्ने गरेको उक्त गिरोह लाई बिभिन्न जिल्ला का प्रहरी संग समन्वय गरि पक्राउ गरिएको बाँके का प्रहरी प्रमुख ओम बहादुर रानाले बताएका छन । नेपालगंज को बिभिन्न ठाउँ बाट चोरी गरिएको मोटरसाईकल दाङ, प्यूठान, रोल्पा जजरकोट लगायतका पहाडी जिल्लामा बिक्रि हुने गरेको अनुसन्धानबाट  जानकारी प्राप्त भएपछि सो बमोजिम सम्बंधित  जिल्लाका प्रहरीसँग समन्वय गरि चोरी मा संलग्न मानिस हरु लाई पक्राउ गरि अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक ओम बहादुर रानाले बताएका छन ।

पक्राउपर्नेमा बाँकेको खजुरा गाउँपालिका वडा नम्वर ३ रामवहादुर थापा, जुम्ला चन्दननाथ नगरपालिका वडा नम्वर  ११  घर भएका र हाल नेपालगञ्ज ४ बस्ने धिरेन्द्र विक्रम शाही, दाङ गढवा ४ का ईरसाद अहमद मुसलमान, रोल्पा लुग्री १ का छविलाल पुन मगर, लुग्री ५ का नवराज रोका क्षेत्री तथा  नेपालगञ्ज १० का रञ्जित शर्मा रहेको बाँके प्रहरी प्रमुख राना ले जनाएका छन ।
मोटरसाईकल चोरी मा संलग्न व्यक्ति भारतीय नागरिक संग मिली चोरी का मोटरसाइकल खरीद गरि  बिक्री गर्ने गरेको समेत प्रहरी ले जनाएको छ ।

चोरी गरेका मोटरसाईकल दाङ गढवा घर भई प्युठान दरभानमा वर्कसप संचालन गरि वस्ने समिर भन्ने ईरसाद अहदमद मुसलमान र बाँके घर भई प्युठान चेरनेटामा वर्कसप संचान गरि वस्ने रंजित शर्माको वर्कसपमा पुर्‍याई दिने गरेको ईरसाद अहमद मुसलमान र रंजित शर्माले चोरीको मोटरसाईक नं प्लेट,  इन्जिन नम्बर, चेचिस नंबर समेत बदली विक्री गर्ने गरेको अनुसन्धान बाट खुलेको प्रहरी ले जनाएको छ।

१० Feb २०२१ , ११:२९pm
असलम खान