नेपाली समय:

वि.सं २०८१ बैशाख १४   शुक्रवार

EnglishEN
वकिलको कार्यालय भवनको उद्घाटन

वकिलको कार्यालय भवनको उद्घाटन

फागुन ९, काठमाण्डौँ | विराटनगरस्थित मोरङ जिल्ला सरकारी वकिलको कार्यालयको नवनिर्मित भवनको शनिबार उद्घाटन गरिएको छ । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले भर्चुअल माध्यमबाट भवनको उद्घाटन गरे । तीन कठ्ठा क्षेत्रफलमा रु तीन करोड १४ लाख ८२ हजार ४२५ लागतमा निर्मित तीन तले भवनमा २३ वटा सुविधा सम्पन्न कोठा रहेका छन् । भवन अपाङ्गता मैत्री, पीडित मैत्री कक्ष, पुस्ताकलय, अभिलेखालय, सभाहल र कार्यालय प्रमुखको आवाससहितको रहेको जिल्ला न्यायाधिवक्ता मनोजकुमार आर्चायले जानकारी दिरे । 

महान्यायाधिवक्ता खरेलले तीन वर्षमा देशभरिमा ३९ वटा सरकारी वकिलको कार्यालयको भवन निर्माण भएको जानकारी दिँदै अपराधमुक्त समाज र न्याय सम्पादनमा राज्यले ठूलो लगानी गरेको बताए । मोरङ अदालतका मुख्य न्यायाधीश मेदनीप्रसाद पौडेल, मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौला, न्यायाधीश शिशिरराज ढकाल, किशोर घिमिरेलगायतले नवनिर्मित भवनबाट कार्य सम्पादनमा सहजता पुग्ने विचार व्यक्त गरे ।

२१ Feb २०२१ , ८:२३am
हाम्रो आवाज