नेपाली समय:

वि.सं २०८१ बैशाख ७   शुक्रवार

EnglishEN
लागुऔषध सहित एकै गाँउका ४ जना पक्राउ

लागुऔषध सहित एकै गाँउका ४ जना पक्राउ

फागुन, १० काठमाडौ - मोरङको कटहरी गाउँपालिका ४ जना व्याक्ति लागुऔषध सहित पक्राउ परेको छन । पक्राउ पर्नेमा ३३ बर्षीय धनिराम चौधरी, ३७ बर्षीय मनराज शेख र २३ बर्षीय कैलाश मण्डल रहेको प्रहरीले जनाएको छ । उनिहरु लागुऔषध खैरो हिरोईन सहित पक्राउ परेका हुन ।

आईतबार दिउसो साढे ३ बजे कटहरी गाँउपालिका -४ स्थित चमराही चौकबाट लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले प्लास्टिकले बेरीएको अवस्थामा खैरो हिरोईन ८ (आठ) ग्राम र डिजिटल काटा थान १ सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

त्यस्तै सिराहा मिर्चैया नगरपालिका -६ बस्ने २८ बर्षीय ब्रमदेव यादव लागुऔषध DAILEX-DCसहित पक्राउ परेका छन् । हिजो साँझ साढे ५ बजे यादवलाई स८प ४५३७ नम्बरको मोटरसाईकलमा मिर्चैयाबाट कटारी जादै गरेको अवस्थामा कटारी नगरपालीका -१ चुरे स्थित जंगलमा प्रहरी टोलीले चेकजाँच गर्दा DAILEX-DC थान-२७ सहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।

२२ Feb २०२१ , ११:५५am
हाम्रो आवाज