नेपाली समय:

वि.सं २०८१ बैशाख १३   बिहीवार

EnglishEN
राष्ट्रीय हात्ती पाइले रोग निवारण कार्यक्रम २०७७ कार्य योजना का लागि बहु निकाय गोष्टि आयोजना

राष्ट्रीय हात्ती पाइले रोग निवारण कार्यक्रम २०७७ कार्य योजना का लागि बहु निकाय गोष्टि आयोजना

हाम्रो आवाज -संवाददाता
बाँके, फ़ागुन ११

यही फ़ागुन २९ गते बाट सुरु हुने हात्ती पाइले रोग निवारण कार्यक्रम अभियान तथा औषधि सेवन का लागि नेपालगंज उप महा नगरपालिका को आयोजना मा बृहत कार्य योजना का लागि बहु निकाय गोष्टि संचालन गरिएको छ ।

सुनाखरी काटेज मा आयोजना गरिएको उक्त गोष्टि कार्यक्रम म जनस्वास्थ्य कार्यालय का अधिकृत राम बहादुर चन्द बिभिन्न राजनीतिक दल का नेता, शिक्षक,पत्रकार तथा बिभिन्न समुदाय का अगुवा हरु को सहभागिता रहेको थियो । फ़ागुन २९ गते बाट सुरु हुने हात्ती पाइले रोग निवारण कार्यक्रम अभियान तथा औषधि सेवन का लागि छल फल को माध्यम बाट बृहत कार्य योजना तयार गरी  प्रभावकारी ढंग बाट हात्ती पाइले रोग बिरुद्ध को अभियान २०७७ लाई सफल पार्न सबै को साथ र सहयोग को आवस्यकता भएको जनस्वस्थ्य अधिकृत चंद ले जनाएका छन ।

हात्ती पाइले रोग  लाई न्यून पार्न समुदाय स्तर बाट नै जनचेतना को विकास गरि यस रोग को औषधि सेवन लाई लिएर समुदाय स्तर मा फैलिएको को भ्रम मा न पर्न आग्रह गर्दै निश्चिन्त रूपमा औषधि सेवन गर्न  अधिकृत चन्द ले  आग्रह गरेका छन ।

२३ Feb २०२१ , १०:२१pm
असलम खान