नेपाली समय:

वि.सं २०८० चैत्र १६   शुक्रवार

EnglishEN
नेता गौतमद्वारा सचिवालय बैठक बोलाउन माग

नेता गौतमद्वारा सचिवालय बैठक बोलाउन माग

काठमााडौँ, १२ फागुन | नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का उपाध्यक्ष वामदेव गौतमले पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई  तत्काल सचिवालय बैठक बोलाउन माग गर्नुभएको छ । सर्वोच्च अदालतले प्रनिनिधिसभा पुनःस्थापना गरेपछि उहाँले आज विज्ञप्ति प्रकाशन गर्दै पार्टी एकता जोगाउन पार्टी मुख्यालय धूम्रबाराहीमा सचिवालय बैठक बोलाउन माग गर्नुभएको हो । प्रतिनिधिसभा विघटनपछि नेकपा दुई समूहमा विभाजन भए पनि उपाध्यक्ष गौतम राष्ट्रिय अभियान सञ्चालन गरेर पार्टी एकता जोगाउन लाग्नुभएको छ । उहाँ अभियानको संयोजकसमेत रहनुभएको छ । 

पार्टी दुई समूहमा विभाजन भएपछि नौ सचिवालय सदस्यमध्ये  पार्टी अध्यक्ष ओली, महासचिव विष्णुप्रसाद पौडेल, ईश्वर पोखरेल र रामबहादुर थापा एकातिर तथा पार्टी अध्यक्ष दाहालसहित माधवकुमार नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ अर्का समूहमा रहनुभएको छ । राष्ट्रियसभाका सदस्य गौतम कुनै समूहमा नरही एकता जोगाउन लागिरहनुभएको छ ।

२४ Feb २०२१ , ११:०१am
हाम्रो आवाज