नेपाली समय:

वि.सं २०८१ बैशाख ७   शुक्रवार

EnglishEN
१० किलो तौल भएको हात्ती को दाँत सहित एक जना पक्राउ

१० किलो तौल भएको हात्ती को दाँत सहित एक जना पक्राउ

नेपालगंज-फाल्गुन १३-

बाँके को वैजनाथ गाउँ पालिका वडा न २ तिलकपुर बस्ने पुर्ण बहादुर थारू लाई १० किलो ग्राम हात्ती को दाँत सहित जिल्ला प्रहरी कार्यालय बाँके को बिशेष टोली ले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँके बाट खटीएको उक्त टोलीले प्राप्त गरेको सूचना का आधारमा  निज पुर्ण बहादुर थारू को घर खान तलासी गर्ने क्रम मा उक्त दाँत फेला पारिएको जिल्ला प्रहरी कार्यालय बाँके ले जनाएको छ ।

२९ ईंच लम्बाई र १०किलो ग्राम जति तौल भएको खैरो रंग को हात्ती को दाँत सहित थारू लाई नियंत्रण मा लिई आवश्यक कार्यवाही का लागि जिल्ला वन कार्यालय बाँके पुरयाइएको प्रहरी ले जनाएको छ ।

२५ Feb २०२१ , ८:२२pm
असलम खान