नेपाली समय:

वि.सं २०८० चैत्र १५   बिहीवार

EnglishEN
शुक्रबारबाट ‘द भ्वाइस अफ नेपाल सिजन–३’

शुक्रबारबाट ‘द भ्वाइस अफ नेपाल सिजन–३’

५ चैत काठमाडौं । गायन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ सिजन–३’ शुक्रबारबाट सुरु हुने भएको छ । हिमालय टेलिभिजनमा हरेक शुक्रबार र शनिवार कार्यक्रम प्रसारण हुने कार्यक्रम निर्देशक लक्ष्मण पौडेल जानकारी दिए ।

डिजिटल अडिसनमा सहभागी भएका करिव ४० हजार आवेदकबाट छानिएका १ सय २० जना प्रतिभाहरुले शोको ‘ब्लाइन्ड अडिसन’मा कोचको सामना गर्नेछन् । हरेक कोचको टिममा छानिएका १२ जना प्रतिभाहरूले ब्याटल राउन्डमा प्रतिस्पर्धा गर्नेछन् ।

यसपटक भ्वाइसको टिमले कोचमा सामान्य परिवर्तन गरेको छ । टिममा चर्चित गायिका तृष्णा गुरुङ भित्रिएकी छिन् भने आस्था राउत बाहिरिएकी छन् । यसअघिका कोचहरु दीप श्रेष्ठ, प्रमोद खरेल र राजु लामालाई पनि यो सिजनमा देख्न पाइने छ । 

१८ Mar २०२१ , ११:५६am
हाम्रो आवाज