नेपाली समय:

वि.सं २०८१ बैशाख १२   बुधवार

EnglishEN
फिल्म ‘जार’ मा सौगात

फिल्म ‘जार’ मा सौगात

काठमाडौँ । फिल्म ‘जार’ निर्माण हुने भएको छ । फेरि टेली पिक्चर्स, होप रिल र एल सेभेन सर्टसको ब्यानरमा फिल्म बन्न लागेको हो । सौगात मल्ल र अनुप विक्रम शाहीको मुख्य भूमिका रहने फिल्म सत्य कथामा आधारित भएर बन्न लागेको हो । फुर्वा छिरिङ लामाको निर्देशन रहने फिल्मको बुधबार सिक्किमदेखि छायाँकन सुरु हुँदैछ । जसका लागि सौगात अहिले सिक्किम पुगेका छन् ।

भारतीय कलाकारको समेत अभिनय रहने फिल्म नयाँ वर्षको दशैं र तिहारको बीचमा प्रदर्शन लक्ष्य राखिएका निर्देशक लामाले बताए ।  ‘जार’को कथा इन्द्रबहादुर राईले लेखेका हुन् । फिल्ममा सौगात र अनुपको अलवा गिताञ्जली थापाको पनि मुख्य भूमिका रहनेछ । 

२५ Mar २०२१ , १२:२०pm
हाम्रो आवाज