नेपाली समय:

वि.सं २०८१ बैशाख ७   शुक्रवार

EnglishEN
भारतमा गएको भूकम्पले चितवनमा बन्दै गरेको पुल भत्किएको आशंका

भारतमा गएको भूकम्पले चितवनमा बन्दै गरेको पुल भत्किएको आशंका

चैत २४, काठमाडौं । चितवनको भरतपुर महानगरपालिका– १ ठिमुरादेखि देवघाट गाउँपालिका– ५ को घिनटार जोड्ने त्रिशुली नदीमाथि निर्माणाधीन पुल भत्किएको छ ।

सोमबार राति भारतमा गएको भूकम्पको धक्का नेपालमा समेत महसुस गरिएपछि उक्त पुल सोही कारण भत्किएको हुनसक्ने आशंका गरिएको सडक डिभिजन कार्यालय भरतपुरका डिभिजन इन्जिनियर कृष्ण राज अधिकारीले रातोपाटीलाई बताए । 

४०–४० मिटरको चार स्थानमा बीम राखेर निर्माण गरिँदै गरिएको पुलको ८० मिटर भत्किएको अधिकारीले जानकारी दिए । ४० मिटर बनिसकेको पुल भत्किँदा थप ४० मिटर भत्किएको उनले बताए । 
उनका अनुसार २२० मिटर लामो लम्बाइ र ८.५ मिटर चौडाईको पुलको ८० मिटरमा ढलान भइसकेको थियो । ढलान भएको २१ दिनमा नै पुल भत्किएको छ । 

उनले भने, ‘यो पुल प्रिस्ट्रेसिङ पुल हो । यस्तो पुलको निर्माण गर्दा ढलान गरेको २८ देखि ५० दिन भित्र ढलान भित्रबाट मेसिनले तान्नुपर्ने हुन्छ । भित्रबाट केबल राखेर नतान्दासम्म सर्पोटहरुमा हल्का मात्रै हल्लियो भने पनि पुल भत्किने सम्भावना हुन्छ ।’

पुल इलाइट, एडभेन्चर र इन्द्रेणी जेभीले संयुक्त रुपमा निर्माण गरिरहेको बताइएको छ । यस बारेमा थप अनुसन्धान भइरहेको अधिकारीले बताए ।

६ Apr २०२१ , ११:४७am
हाम्रो आवाज