नेपाली समय:

वि.सं २०८२ आषाढ १८   बुधवार

EnglishEN
‘प्रेम प्याला’ सार्वजनिक

‘प्रेम प्याला’ सार्वजनिक

काठमाडौंँ । गायिका अबुन पाण्डेको शब्द, संगीत तथा स्वर रहेको गीत ‘प्रेम प्याला’ सार्वजनिक भएको छ ।  गीतको म्युजिक भिडियोमा बिकास लामिछाने र पूजा गिरीको अभिनय देख्न सकिन्छ । रोमान्टिक शैलीको गीतमा उनीहरुको जोडी सुन्दर सुहाउँदो छ । 

सुन्दर ठाउँ सुकुटेमा खिचिएको गीतको म्युजिक भिडियो राजेश शाहले निर्देशन गरेका हुन् ।  भिडियोमा शिवराम श्रेष्ठको छायाँकन, रोहिंग्या महर्जनको कोरियोग्राफी रहेको भिडियोमा निर्देशक शाहकै सम्पादन रहेको छ ।

९ Apr २०२१ , ३:२९pm
हाम्रो आवाज