नेपाली समय:

वि.सं २०८१ बैशाख १२   बुधवार

EnglishEN
पर्यटन क्षेत्रको बजेट २ प्रतिशत कटौती

पर्यटन क्षेत्रको बजेट २ प्रतिशत कटौती

चैत २७, काठमाडौं । सरकार आगामी आर्थिक वर्षको बजेटको गृहकार्यमा व्यस्त छ । राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयले अहिले आर्थिक वर्ष २०७८/७९ को बजेटको तयारी धमाधम गरिरहेका छन् ।  विभिन्न मन्त्रालयहरुले पनि आर्थिक वर्षभित्र पार्ने आफ्ना नीति तथा कार्यक्रमहरुको गृहकार्य गरिरहेका छन् भने केही मन्त्रालयले कार्यक्रमसहितको प्रस्तावित बजेट पठाइसकेका छन् ।

यद्यपि राष्ट्रिय योजना आयोगले यसपटक अधिकांश मन्त्रालयहरूको बजेट घट्ने गरी बजेट सिलिङ पठाएको छ । अहिले यसैको दबावमा मन्त्रालयहरू देखिन्छन् । ​यसैबीच, कोभिड–१९ को विशेष प्रभावित क्षेत्र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पनि घटेर आएको बजेटको दबावमा देखिन्छ ।

पर्यटन मन्त्रालयका अनुसार आगामी आर्थिक वर्षका लागि योजना आयोगले चालु आर्थिक वर्षको भन्दा झण्डै २ प्रतिशतले घटाएर बजेटको सिलिङ पठाएको छ । चालु आर्थिक वर्ष २०७७र७८ मा कुल २६ अर्ब ६२ करोड ६२ लाख बजेट पाएको मन्त्रालयले आगामी आर्थिक वर्षका लागि करिब ५३ करोड रुपैयाँ कम पाउँदैछ । यही सिलिङमा रहेर मन्त्रालयले आफ्नो नीति तथा कार्यक्रम बनाउनु पर्ने छ ।

९ Apr २०२१ , ३:३८pm
हाम्रो आवाज