नेपाली समय:

वि.सं २०८० चैत्र १६   शुक्रवार

EnglishEN
'लाल मोहन जी'मा विपिन अनुबन्धित

'लाल मोहन जी'मा विपिन अनुबन्धित

चैत २९, काठमाडौं । अभिनेता विपिन कार्की नयाँ फिल्ममा अनुबन्धित भएका छन् । सम्राट बस्नेतको निर्देशनमा बन्ने फिल्म ‘लाल मोहन जी’मा विपिन मुख्य भूमिकामा देखिनेछन् ।

फिल्ममा विपिनसँगै अर्पण थापा, कार्म शाक्य, रोहित रुम्बा, रविन्द्र झा, सुष्मा कार्की, सुभाष मेचे लगायत मुख्य भूमिकामा देखिनेछन् । फिल्मका लागि एक नायिका भने निर्माण पक्षले खोजिरहेको छ ।

प्रवेश पौडेलको कथामा बन्न लागेको यस फिल्मको पटकथा(संवाद आकाश बरालले तयार गरेका हुन् । फिल्ममा सन्तोष राजको संगीत, राजु तामाङको एक्सन, कविराज गहतराजको नृत्य निर्देशन रहनेछ । निरज कँडेलले खिच्ने फिल्मलाई अर्जुन जीसीले सम्पादन गर्नेछन् ।

ुआर रोसफी फिल्मस्ुको ब्यानरमा बन्ने फिल्मका प्रस्तुतकर्ता तथा निर्माता सुगन तण्डुकार हुन् । जेठको पहिलो साताबाट छायांकनमा जाने यस फिल्मलाई नेपाल, भारत, क्यानडा र अस्ट्रेलियामा खिचिनेछ ।

११ Apr २०२१ , २:२२pm
हाम्रो आवाज