नेपाली समय:

वि.सं २०८१ बैशाख १३   बिहीवार

EnglishEN
सरकार लाई विद्यालय बन्द नगर्न प्याबसन को आग्रह,स्वास्थ मापदण्ड का साथ विद्यालय सञ्चालन गर्नुपर्ने मा जोड

सरकार लाई विद्यालय बन्द नगर्न प्याबसन को आग्रह,स्वास्थ मापदण्ड का साथ विद्यालय सञ्चालन गर्नुपर्ने मा जोड

चैत - २९, काठमाडौँ– कोरोना संक्रमण को उच्च जोखिम बाट विद्यार्थी लाई बचाउन नेपाल सरकार ले विद्यालय बन्द गर्ने तयारी गरे सँगै(प्याब्सन) निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपालले  सरकारलाई विद्यालय बन्द नगर्न आग्रह गरेको छ ।


आज आइतबार एउटा विज्ञप्ति मार्फत अनलाइन कक्षाबाट सम्पूर्ण विद्यार्थीलाई पठन पाठन गराउन नसकिने भएका ले स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गरी विद्यालय सञ्चालन गर्नुपर्ने कुरा मा जोड दिएको छ ।

संक्रमण बढेर विद्यालय बन्द गर्नुपर्ने आवश्यक परे सम्बन्धित विद्यालय वा पालिकामा मात्र केही निश्चित समय विद्यालय बन्द गरेपनि अन्य ठाँउमा स्वास्थ्य मापदण्डसहित विद्यालय सञ्चालन गर्नुपर्ने प्याब्सनले माग राखेको छ ।

प्याब्सनले जारी गरेको विज्ञप्ति मा ‘आवश्यकताअनुसार शैक्षिक संस्थाहरुमा तातो पानी, स्वास्थ्यकर्मी, सेनिटाइजर, आइसोलेशन कक्ष, भौतिक दूरीको व्यवस्थापन गरी सम्बन्धित निकायको सहयोग र समन्वयमा काम गर्नु उपयुक्त हुने कुरा उल्लेख गरिएको छ ।

सामुदायिक विद्यालयमा मात्र नभएर निजी विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको पनि ५० प्रतिशत क्षेत्र अनलाइन शिक्षाले समेट्न नसक्ने कुरा विगतको लकडाउनमा अनुभव गरिएको भन्दै प्याब्सनले अब विद्यालय बन्दको विकल्प खोज्नुपर्ने मा जोड़ दिइएको छ ।

कोरोना संक्रमण को दर लाई न्यूनीकरण गर्न नेपाल सरकार ले लागु गरेको स्वस्थय मापदण्ड लाई कड़ाई का साथ पालन गर्दै पठन पाठन संचालन हुनुपर्ने मा जोड़ दिइएको छ ।
 

११ Apr २०२१ , ४:२०pm
असलम खान