नेपाली समय:

वि.सं २०८० चैत्र १५   बिहीवार

EnglishEN
अफिम खेती नष्ट

अफिम खेती नष्ट

जाजरकोट, ३१ चैत | नलगाड नगरपालिकामा प्रहरीले अफिम खेती नष्ट गरेको छ । नलगाड–२ नहकुलीमा चार रोपनी, वडा नं ३ काक्रीमेलामा २५ रोपनी, डिम्रेनीमा साढे आठ रोपनी, द्वारेमा आठ रोपनी, वडा नं ६ को भारगाउँमा आधा रोपनी, सिर्पाचौरमा सात रोपनी, किटालेखमा साढे छ रोपनी र गर्छिनामा साढे ११ रोपनीमा लगाइएको अफिम खेती प्रहरीले नष्ट गरेको हो ।

जाजरकोटका प्रमुख प्रहरी नायब उपरीक्षक मधुकुमार थापाले कानूनले प्रतिबन्ध गरेको अफिम खेती नष्ट गर्न प्रहरीले चार दिनको अभियान चलाएको र यसबारेमा थप अनुसन्धान गर्ने काम भइरहेको बताउनुभयो । ‘‘घरेलु मदिरा नियन्त्रण, गाँजाखेती नष्ट, जुवातास नियन्त्रण तथा न्याय र शान्ति सुरक्षामा नकारात्मक असर पार्ने सबै प्रकारका गतिविधिविरुद्ध प्रहरी आक्रामकरूपमा लागेको छ’’, उहाँले भन्नुभयो । जनता र प्रहरीको सहकार्यले जिल्लामा अपराध र असुरक्षा घटाउन मद्दत गर्ने उहाँको भनाइ छ । 

१३ Apr २०२१ , १२:१५pm
हाम्रो आवाज