नेपाली समय:

वि.सं २०८१ बैशाख १३   बिहीवार

EnglishEN
पत्रकारलाई कोरोना बीमाको रकम

पत्रकारलाई कोरोना बीमाको रकम

वाग्मती, १ वैशाख | मकवानपुर जिल्लामा क्रियाशील रही यस अगावै कोरोना सङ्क्रमित हुनुभएका सात पत्रकारले कोरोना बीमाबापतको रकम पाउनुभएको छ । नयाँवर्ष २०७८का अवसरमा नेपाल पत्रकार महासङ्घ मकवानपुर शाखाद्वारा आज आयोजित शुभकामना आदानप्रदान कार्यक्रममार्फत कोरोना बीमाबापतको रु एक लाख उहाँहरुलाई हस्तान्तरण गरिएको हो । 

सो रकम पाउनेमा पत्रकार महासङ्घ मकवानपुरका निवर्तमान अध्यक्ष हरि हुमागाई, सचिव गणेश दर्पण अधिकारी, महासङ्घ पूर्वसदस्य सुजन विडारी, केन्द्रीय पार्षद राजन दाहाल (खुशराज), महासंघ सदस्य जीवराज बख्रेल, अनिष लुइँटेल र सहनशीला ढकाल हुनुहुन्छ ।  उहाँहरु अघिल्लो वर्ष कोरोना सङ्क्रमित हुनुभएको थियो । 
यसै क्रममा महासङ्घ मकवानपुरका केन्द्रीय पार्षद राजन दाहाल (खुशराज) ले कोरोना बीमाबापत पाएको रकमबाट रु १० हजार पत्रकार पेन्सन कोषमा सहयोग गर्नुभएको छ । साथै महासङ्घ मकवानपुरले नयाँवर्षको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजन गरेको छ ।

१४ Apr २०२१ , ४:२७pm
हाम्रो आवाज