नेपाली समय:

वि.सं २०८१ बैशाख १४   शुक्रवार

EnglishEN
भारतको पश्चिम बङ्गालको निर्वाचनका लागि पूर्वी नाका सिल

भारतको पश्चिम बङ्गालको निर्वाचनका लागि पूर्वी नाका सिल

झापा, २ वैशाख (रासस) | भारतको पश्चिम बङ्गालमा हुने निर्वाचनका लागि पूर्वी नाका ७२ घण्टा लागि आज बिहान ६ बजेदेखि सिल गरिएको छ । पश्चिम बङ्गालमा यही वैशाख ४ गते हुने राज्यसभाको निर्वाचनलाई दृष्टिगत गरी काँकडभिट्टा र भद्रपुर नाका सिल गरिएको हो । 

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले आज बिहानदेखि वैशाख ४ गते बेलुका ६ बजेसम्मका लागि सीमा नाका सिल गरिएको बताउनुभयो । उहाँका अनुसार सो समयमा यातायात तथा मानिसलाई आवतजावत गर्न पूर्ण रोक लगाइएको छ 

१५ Apr २०२१ , १०:४८am
हाम्रो आवाज