नेपाली समय:

वि.सं २०८१ बैशाख ७   शुक्रवार

EnglishEN
‘नौटङ्की माया’ लोकार्पण

‘नौटङ्की माया’ लोकार्पण

मोरङ, ३ वैशाख | प्रदेश नं १ का प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले केशव रिमालद्वारा लिखित ‘नौटङ्की माया’ कथा सङग्रहको बिहीबर इटहरीमा लोकार्पण गर्नुभयो । डियर कल्याण साहित्य प्रतिष्ठान इटहरीले प्रकाशनमा ल्याएको कथाकार रिमालको यो पहिलो कथा सङ्ग्रह हो । विभिन्न नौ शीर्षकमा रहेका कथाहरु समावेश भएको कथा सङ्ग्रहका  सम्बन्धमा आरसी थपलिया, हिमराज अधिकारी, यजुर्वेदानन्दप्रसाद भट्टराईलगायतले चर्चा गर्नु भएको छ । 

सो अवसरमा प्रदेश प्रमुख अधिकारीले साहित्य मानव जीवनको सबैभन्दा सुन्दर पक्ष हो भन्दै साहित्यिक कृति लोकोपकारको पक्षमा हुनुपर्ने बताउनुभयो । उहाँले साहित्य देश, समाज, धर्म, परम्परा, रीतिरिवाज, मनोविज्ञानसँग जोडिने भएकाले यो हामीभन्दा टाढा रहन नसक्ने र यस किसिमका साहित्यिक कृति समाज परिवर्तनतर्फ मुखरित हुनुपर्ने बताउनुभयो ।

कथा सङ्ग्रहमा सामाजिक, राजनीतिक र माया प्रेमका विषयलाई समेटिएको छ । डियर कल्याण साहित्य प्रतिष्ठानका संस्थापक अध्यक्ष विनोद विवश घिमिरे तथा प्रदेशसभा सदस्य सर्वध्वज साँवालगायतले साहित्यले समाजलाई नैतिक बनाउन ठूलो भूमिका खेल्ने बताउनुभयो ।

१६ Apr २०२१ , १०:५९am
हाम्रो आवाज