नेपाली समय:

वि.सं २०८१ बैशाख १२   बुधवार

EnglishEN
कर्णालीमा एमाले एकढिक्का छ, फ्लोर क्रस हुन्न : यामलाल कँडेल

कर्णालीमा एमाले एकढिक्का छ, फ्लोर क्रस हुन्न : यामलाल कँडेल

३ वैशाख, सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलका नेता यामलाल कँडेलले आफ्ना पार्टीका सांसदहरुको बारे बजारमा हल्ला चलाएकोबारे आपत्ति जनाएका छन् । उनले मुख्यमन्त्री पक्षधरले एमालेका माधव समुहका केही सांसदले ‘फ्लोर क्रस’ गर्न सक्छन् भनेर हल्ला चलाइएको बारे कँडेलले प्रदेशसभामा आपत्ति जनाएका हुन् । 

कर्णाली प्रदेश सभाको सातौँ अधिवेशनको पहिलो बैठकमा बोल्दै उनले भने, ‘बजारमा जे हल्ला चलाइएको छ । नेकपा एमालेका सांसदहरुको चरित्र हत्या गर्ने गरी जुन काम भइरहेको छ त्यो निन्दनीय छ । दलीय सीमालाई मिचेर सार्वजनिक निष्ठामाथि आँच आउने काम भएको छ, त्यो राम्रो होइन ।’ 

जनताले पहिलादेखि नै एमालेलाई कर्णालीमा सरकार बनाउँदा उपयुक्त हुन्छ भन्ने जनादेश हुँदाहुँदै पनि प्रदेश सरकारलाई सुरुमा आफुहरुले रचनात्मक साथ दिएको कँडेलले बताए ।  ‘यो बीचमा दलगत रुपमा जनप्रतिनिधिका रुपमा के भूमिका निर्वाह गरियो भन्ने कुरा जगजाहेर नै छ,’ उनले भने ।   
साथै उनले तीन वर्षको अवधिमा कसले के गर्यौँ भन्ने कुरा सबै खोलेर हेर्दा रेकर्ड भेटिन सकिने पनि बताए ।  जुन चाहना अनुसार दुईटा पार्टीको एकता गरेका थियौँ । त्यसमा आफ्ना पार्टीतिरका नेताको कुनै कमजोरी पनि नभएको उनले दावी गरे । साथै उनले केन्द्रमा एमाले जे भएपनि कर्णालीमा एक ढिक्का भएको बताए ।  

१६ Apr २०२१ , ४:२८pm
हाम्रो आवाज