नेपाली समय:

वि.सं २०८१ बैशाख १३   बिहीवार

EnglishEN
मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

भक्तपुर, ३ वैशाख | तीव्र गतिमा हुइँकिएको मोटरसाइकल अरनिको राजमार्गस्थित भक्तपुरको चुनदेवीमा डिभाइडरमा ठोक्किएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

आज बिहान करीब ११ बजे सल्लाघारीबाट जगातीतर्फ जाँदै गरेको प्रदेश नं ३–०२–०११ प।८२५० नंको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा सवार भोजपुर स्थायी घर भई हाल पुतलीसडक काठमाडौँ बस्ने १८ वर्षीय सुमन गिरी र बाँके घर भइ हाल पुतलीसडक बस्ने २२ वर्षीय सूर्य ओलीको मृत्यु भएको प्रहरीले जनाएको छ । 

दुर्घटनापछि गम्भीर घाइते भएका दुवैको उपचारका लागि मध्यपुर अस्पताल लगिएकामा उपचारकै क्रममा उनीहरुको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो ।

१६ Apr २०२१ , ४:४८pm
हाम्रो आवाज