नेपाली समय:

वि.सं २०८१ बैशाख ४   मंगलवार

EnglishEN
सुखद समाचार : बाँके मा आइतबार १४ महिना को बालक सहित ३०५ जना कोरोना संक्रमण मुक्त भई डिस्चार्ज

सुखद समाचार : बाँके मा आइतबार १४ महिना को बालक सहित ३०५ जना कोरोना संक्रमण मुक्त भई डिस्चार्ज

बैशाख : -१९, नेपालगन्ज -  बाँकेमा दिनहु बढी रहेको कोरोना संक्रमणको कहाली  लाग्दै गरेको समय मा केही दिन देखि कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज हुने को  संख्या समेत बढ्दै गएको छ ।


आइतबार बाँकेमा१४ महिनाको बालक सहित १४२ जना महिला र १६३ जना पुरुष गरि जम्मा ३०५ जना कोरोना संक्रमण निको भएर डिस्चार्ज भएको बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले ले जानकारी दिएका छन् ।

यस्तै शनिबार बाँकेमा १११ वर्षिय वृद्धा महिला सहित १०६ महिला र १४४ पुरुष गरेर २५० जनाले कोरोना निको भइ डिस्चार्ज भएका थिए ,भने यस अघि पनि निरन्तर संक्रमण मुक्त भई डिस्चार्ज हुने को संख्या बढेको छ ।

केहि दिन देखि संक्रमण मुक्त हुने को संख्या मा भइरहेको बृद्धि ले आम नागरिक ले खुशि व्यक्त गरेका छन । कोरोना सँग को लडाई मा यस खाले सुखद समाचार ले बाँके बासी को मनोबल बढाउँदै थप ऊर्जा प्रदान गरेको बताएका छन ।
 

२ May २०२१ , ४:३६pm
असलम खान