नेपाली समय:

वि.सं २०८१ बैशाख १३   बिहीवार

EnglishEN
बाँके मा निषेधाज्ञा को समय पुनः थपिओ

बाँके मा निषेधाज्ञा को समय पुनः थपिओ

बैशाख 20, बाँके-  बाँकेमा बढ्दो कोरोना भाइरस को संक्रमण लाई न्युन पार्न जारी गरिएको निषेधाज्ञा को अवधि पुनः थपिएको छ । बैशाख १३ गते राती १२ बजेदेखि निषेधाज्ञा जारी गरिएकोमा संक्रमण नघटेपछि बैशाख २७ गते राती १२ बजे सम्मका लागि पुनः थप गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।

 

जिल्ला प्रशासन कार्यालयबाँके द्वारा  जारी गरिएको सुचना को आधार मा  संक्रमण दरमा कमी नआएका कारण आदेशलाई निरन्तरता दिईएको जानकारी प्राप्त भएको छ ।

 

यस अघि बैंकका सेवासमेत पूर्णरुपमा बन्द रहेकोमा अब सिमित संख्या मा कर्मचारी राखेर दैनिक तीनघण्टा सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ ।

 

कोरोना संक्रमणका कारण बाँकेमा हालसम्म १३७ जनाको मृत्यु भईसकेको छ भने बाहिरी जिल्लावाट उपचारका लागि आएका १२२ जनाले कोरोनाका कारण ज्यान गुमाईसकेका छन् ।

३ May २०२१ , ५:२६pm
असलम खान