नेपाली समय:

वि.सं २०८१ बैशाख ७   शुक्रवार

EnglishEN
७६ बर्षिय वृद्धसँगै २ सय ९३ जना कोरोना संक्रमण मुक्त भई  डिस्चार्ज

७६ बर्षिय वृद्धसँगै २ सय ९३ जना कोरोना संक्रमण मुक्त भई डिस्चार्ज

बैशाख-२२, बाँके- अहिले कोरोना को कहर ले सबै लाई शारीरिक तथा मानसिक रूपमा विचलित बनाउदै गरेको बेला बाँकेमा पछिल्लो समयमा कोरोनालाई जितेर डिस्चार्ज हुनेको संख्या पनि बढेको छ ।

आज बुधबार मात्रै ७६ बर्षिय एक वृद्धसँगै २ सय ९३ जनाले कोरोना संक्रमण मुक्त भई  डिस्चार्ज भएका छन ।

बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार, आज बुधबार बैजनाथ गाउँपालिका वडा नम्बर ५ का ७६ बर्षिय वृद्ध पुरुषसँगै जिल्लाका विभिन्न स्थानका थप २ सय ९३ जनाले कोरोनालाई जितेर डिस्चार्ज भएका हुन । जसमध्ये, १२३ महिला र १७० पुरुष रहेका छन । जहाँ दिनहु संक्रमित हरू थपिएको बेला हाल कोरोना लाई जितने को संख्या  मा बढोत्तरी भएको लाई सकारात्मक रूपमा लिइएको छ ।

५ May २०२१ , ३:५९pm
असलम खान