नेपाली समय:

वि.सं २०८१ बैशाख १४   शुक्रवार

EnglishEN
बागलुङमा दुई संक्रमितको मृत्यु

बागलुङमा दुई संक्रमितको मृत्यु

गलकोट, २९ वैशाख  | मङ्गलबार बागलुङमा थप दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । यससँगै बागलुङमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १७ पुगेको छ । मङ्गलबार एक महिलाको धवलागिरि अस्पताल र एक पुरुषको होम आइसोलेशनमा मृत्यु भएको स्वास्थ्य कार्यालयका कोरोना स्रोत व्यक्ति देवप्रकाश घिमिरेले जानकारी दिनुभयो । 

जिल्लाको ढोरपाटन नगरपालिका–४ निवासी ६६ वर्षीया महिलाको धवलागिरि अस्पतालमा मृत्यु भएको हो । उहाँको मृत्युपछि पिसिआर रिपोर्ट पोजिटिभ आएको थियो । यस्तै बागलुङ नगरपालिका–४ का ७७ वर्षीय पुरुषको होम आइसोलेशनमा मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।  वैशाख २२ गते गण्डकी मेडिकल कलेजमा उहाँलाई कोरोना पुष्टि भएको थियो । उहाँ पोखराबाट फर्केलगत्तै होम आइसोलेशनमा रहेको बेला मृत्यु भएको घिमिरेले बताउनुभयो । 

१२ May २०२१ , १०:३५am
हाम्रो आवाज