नेपाली समय:

वि.सं २०८१ बैशाख १३   बिहीवार

EnglishEN
पत्रकार महासंघ बाँके द्वारा एम्बुलेन्स खरिद गरिने

पत्रकार महासंघ बाँके द्वारा एम्बुलेन्स खरिद गरिने

जेष्ठ - १, बाँके - बढ्दो कोरोना भाइरस ले स्वास्थ्य क्षेत्र मा थपिएको समस्या लाई न्युन पार्न नेपाल पत्रकार महासंघ बाँकेले एम्बुलेन्स खरिद गरि सहयोग गर्ने निणर्य गरेको छ ।

पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीको अध्यक्षतामा शुक्रबार बसेको बैठकले एम्बुलेन्स खरिद गरि सहयोग गर्ने निणर्य गरेको छ ।
तीव्र गति ले फैलिएको महामारीलाई मध्यनजर गदै पत्रकार तथा स्थानिय आमनागरिकलाई सर्वशुलभ रुपमा सेवा प्रदान गर्न उद्देश्य ले एम्बुलेन्स खरिद गर्न लागिएको अध्यक्ष दामोदर भण्डारी ले जनाएका छन ।
यसका साथै एम्बुलेन्स खरिदका लागि आर्थिक सहयोग गर्न पत्रकार , ब्यबसायि ,बिभिन्न सरकारी तथा गैर सरकारी निकायहरुलाई समेत सहयोगका लागि सार्बजनिक रुपमा आह्वान गरिएको छ । यसका साथै पत्रकार महासंघ बाँकेले पत्रकारको स्वास्थ्य सुरक्षाका लागि माक्स र सेनिटाईजर बितरण समेत गरेको छ ।
बाँकेका पत्रकारहरुलाई निःशुल्क स्वास्थ्य उपचार तथा परामर्श गरिरहनु भएका डाक्टर सुभाष योगी र स्वास्थ्य सामाग्री प्रदान गर्नु हुने सबैमा धन्यवाद तथा आभार प्रकट गर्दै निरन्तर सहयोग सहकार्यका लागि अनुरोध गरिएको छ ।

१५ May २०२१ , १२:४७pm
असलम खान