नेपाली समय:

वि.सं २०८१ बैशाख १२   बुधवार

EnglishEN
बाँके को भेरी अस्पताल मा एक रात मा ६ संक्रमित को मृत्यु

बाँके को भेरी अस्पताल मा एक रात मा ६ संक्रमित को मृत्यु

बाँके-३, नेपालगन्ज - बाँकेको भेरी अस्पतालमा आज  मध्यराती १२ बजेबाट बिहान ६ बजेको अवधीमा ६ जना कोरोना संक्रमितको मृत्यु भएको डी.सी.सीएमसी बाँकेले जनाएको छ । राती १२ः३० बाट सुरु भएको मृत्युको सृङ्खला बिहान ६ बजे सम्म चलेको देखिएको छ ।

मृतकका आफन्तले रातीको समयमा डाक्टर तथा नर्सहरुले आवश्यक सेवा नदिएका कारण मृत्यु भएको आरोप लगाएका छन्।भेरी अस्पतालमा लापरवाही भएको भन्दै यसै अवधीमा कम्तीम ३ पटक मृतकका आफन्तले स्वास्थ्कर्मीहरुलाई दुब्र्यवहार गरिसकेका छन् ।

स्वास्थ्कर्मीको लापरवाही लाई  अस्पताल प्रशासनले ढाकछोप गरेको आफन्त हरुले गरेका छन । भेरी अस्पतालका प्रमुख डा. प्रकाश थापाले आफुले कडा निगरानी राखेको र स्वास्थ्कर्मीको कुनै कमजोरी नभएको बताउँदै आएका छन् ।
डीसीसीएमसी बाँकेका कोरोना फोकलपर्शन तेज ओलीले संक्रमितको चापको तुलनामा जनशक्ति कम देखिएपनि स्वास्थ्कर्मीहरुको खटाईमा कुनै कमी नरहेको बताएका छन ।

आज मृत्यु भएसँगै बाँकेमा जिल्ला भित्रका मृत्यु हुनेको संख्या २३९ जना र जिल्ला बाहिरबाट उपचारका लागि आएका मध्य मृत्यु हुनेको संख्या १९० पुगेको छ ।

१७ May २०२१ , ५:३०pm
असलम खान