नेपाली समय:

वि.सं २०८१ बैशाख ४   मंगलवार

EnglishEN
कोरोनाबाट वडाध्यक्षको निधन

कोरोनाबाट वडाध्यक्षको निधन

तुलसीपुर, ३ जेठ । कोरोना सङ्क्रमणबाट दंगीशरण गाउँपालिका वडा नं  ३ का वडाध्यक्ष पूर्णबहादुर चौधरीको ६३ वर्षका उमेरमा निधन भएको छ । नेपालगञ्जस्थित कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा उहाँको आज  निधन भएको गाउँपालिकाका प्रवक्ता वीरबहादुर ओलीले जानकारी दिनुभयो । 

कोरोना सङक्रमबाट  तुलसीपुर उपमहानगरपालिका १३ का वडा सदस्य केशरलाल चौधरीको  निधन  भएको छ ।  होम आइसोलेशनमा नै उहाँको गएराति निधन भएको जनाइएको छ ।  

यसैगरी कोनाबाट नै  बबई गाउँपालिका वडा नं ४ का लक्ष्मण बस्नेतको निधन भएको छ । पत्रकार महासङ्घ दाङका सदस्य समेत रहेका उहाँको भैरहवा युनिभर्सल मेडिकल कलेजमा उपचारका क्रममा आज  अपराह्न निधन भएको हो । 

रेडियो हापुरेमा कार्यरत उहाँले गतहप्तामात्र कोरोनालाई पराजित गर्नुभएको  स्टेशन म्यानेजर प्रेमबहादुर राम्जाले जानकारी दिनुभयो । जिल्लामा कोरोनाबाट दुई पत्रकारको निधन भैसकेको छ । यस अघि  पत्रकार दामोदर अधिकारीको कोरोनाकै कारण निधन भएको थियो ।  आइतबार मात्रै पत्रकार बस्नेतका पिता टोपबहादुर बस्नेतको पनि सोही मेडिकल कलेजमा उपचारका क्रममा कोरोनाबाट निधन भएको थियो । उहाँ नेकपा९ एमालें० जिल्ला नेता हुनुुहुन्थ्यो ।

जिल्लाका एक  सङ्क्रमितका बाँकेमा निधन भएको छ । भेरी अस्पतालमा उपचारमा क्रममा तुलसीपुर उपमहानगरपालिका १० का ३८ वर्र्षीया महिलाको गए राति निधन भएको बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिनुभयो । 

१७ May २०२१ , ५:३४pm
हाम्रो आवाज