नेपाली समय:

वि.सं २०८० चैत्र १५   बिहीवार

EnglishEN
आफन्तबाट दाहसंस्कार हुन थालेपछि समुदाय त्रसित

आफन्तबाट दाहसंस्कार हुन थालेपछि समुदाय त्रसित

रोल्पा, ४ जेठ । सरकारी तबरबाट शव व्यवस्थापनमा ढिलाइ भएपछि कोरोना सङ्क्रमितको दाहसंस्कार आफन्तबाट हुँदा समुदायमा सक्रङ्क्रमण फैलिने भयले स्थानीयवासी त्रसित देखिएका छन् । कोरोना भाइरसको लक्षण देखिएपछि गत वैशाख ३१ गते रोल्पा  अस्पताल भर्ना भएका रोल्पा नगरपालिका­२ सदरमुकाम लिवाङका एक व्यक्तिको अक्सिजनको मात्रा नबढेपछि थप उपचारका लागि जिल्ला बाहिर लैजाने क्रममा बाटैमा मृत्यु भयो ।

शव अस्पताल पु¥याएका आफन्तहरु लामो समय कुर्दा समेत सरकारी तबरवाट शव व्यवस्थापन गर्नेबारे चासो नदेखाउँदा आफन्तहरुले नै शव व्यवस्थापनका गर्न बाध्य भएको बताएका छन् । यस्तै कोरोना भाइसरका कारण केही दिनअघि मृत्यु भएका सुनिलस्मृति गाउँपालिका­४ का एक पुरुषको आफन्तले नै अन्त्यष्टी गरेका थिए । 

कोरोनाका  कारण  मृत्यु हुनेको सङ्ख्या रोल्पामा बढिरहेको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार सोमबारसम्म जिल्लामा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या सात पुगेको छ । यसरी मृत्यु भएकाहरु मध्ये अधिकांशको अन्त्यष्टी परिवारले गरेका छन् । नातेदार वा छिमेकीको मृत्युपछि दाहसंस्कारका लागि मलामी जानुपर्ने सामाजिक दायित्वका  कारण दाहसंस्कारमा  समेत जमघट  हुने क्रम बढ्दै जान थालेसँगै कोरोनाले महामारी लिने कुराले जनमानसमा भय सिर्जना गरेको छ । 

“कोरोना सङ्क्रमितको परिवारबाट गरिने अन्त्यष्टीले कारोना सङ्क्रमण भयावह हुने  देखिन्छ,” छिमेकीको मृत्युसँगै अन्त्यष्टीमा उपस्थित भएर  फर्किएका  रोल्पा नगरपालिका­४ का  विनोद आचार्यले भन्नुभयो । मृतकको शव परिवारका सदस्यहरुले समेत छुने गर्दा परिवारका सदस्यमा पनि सङ्क्रमणको उच्च जोखिम रहेको उहाँको भनाइ छ । 

आफन्तको  मृत्युभएपछि एक घण्टा पर्खंदा समेत सेनाको टोली नआएपछि  आफूहरुले  नै शवको अन्त्यष्टी  गरेको रोल्पा  नगरपालिका­४  का धनराज डाँगीले बताउनुभयो  । 

कोरोनाबाट अस्पतालमा मृत्यु भएकाहरुलाई  प्लाष्टिकले राम्रोसँग मोडेर सङ्क्रमण  बाहिर  नजाने  गरी शवको  अन्त्यष्टी  गरिनुपर्ने रोल्पा हुन्छ । आफन्त र अस्पतालको समन्वय बिना शवको अन्त्यष्टी गर्ने भन्ने कुरा नै  हँुदैन प्रमुख जिल्ला  अधिकारी नवराज सापकोटाले बताउनुभयो । “कोभिडका कारण मृत्युभएको सुनिश्चित नभएसम्म सेना जाँदैन”, प्रजिअ सापकोटाले भन्नुभयो । कोरोनाको पहिलो  लहरको  बेला सबै  शव  सेनाले नै अन्त्यष्टी  गर्ने  नियम भएपनि दोस्रो लहरमा मृतकका आफन्तले अन्त्यष्टी गर्न चाहे उनीहरुलाई दिने नियम रहेको उहाँको भनाइ छ ।

१८ May २०२१ , ४:०३pm
हाम्रो आवाज