नेपाली समय:

वि.सं २०८० चैत्र १६   शुक्रवार

EnglishEN
कोरोना संक्रमण ले बाँके मा उपचाररत थप ९ जना को ज्यान गयो

कोरोना संक्रमण ले बाँके मा उपचाररत थप ९ जना को ज्यान गयो

 

जेठ ४, बाँके- बाँकेका विभिन्न अस्पतालमा उपचाररत कोरोना संक्रमित मध्य थप ९ जनाको मृत्यु भएको छ । सोमबार दिउँसो ४ बजेदेखि मंगलबार बिहान ८ बजेसम्म यी संक्रमितहरुको मृत्यु भएको हो । 

 

जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार मृतकमध्ये ४ जना बाँके का र अन्य १/१जना खुर्खेत, कपिलवस्तु, दाङ, बर्दिया का रहेका  छन् ।

 

भेरी अस्पतालमा उपचाररत नेपालगञ्ज उपमहानगरपालिका–१० बाँकेकी ६२ वर्षीया महिलाको सोमबार साँझ ७ः४५ बजे, बाँकेकै खजुरा गाउँपालिका–२ का ८५ वर्षीय पुरूषको मंगलबार विहान ४ः३० बजे, नेपालगञ्ज उपमहानगरपालिका–२ का ५१ वर्षीय पुरुषको मंगलबार विहान ८ः ३० बजे र नेपालगञ्ज उपमहानगरपालिका–१९ बाँकेका ५७ वर्षीय पुरूषको मंगलबार विहान ८ः ४५ बजे मृत्यु भएको छ ।

 

यस्तै गुर्भाकोट नगरपालिका–१३ सुर्खेतका ६८ वर्षीय पुरूषको भेरी अस्पतालमा उपचारका क्रममा सोमबार दिउँसो ३ः४५ बजे मृत्यु भएको छ भने शिवराज नगरपालिका–५, कपिलवस्तुका ३८ वर्षीय पुरूषको नेपालगञ्ज मेडिकल कलेजमा उपचारको क्रममा सोमबार दिउँसो ४ः३० बजे मृत्यु भएको छ ।

 

यस्तै तुलसीपुर उपमहानगरपालिका–१३ दाङका ५० वर्षीय पुरूषको भेरी अस्पतालमा उपचारका क्रममा सोमबार राति ८ः० बजे मृत्यु भएको छ भने मधुवन नगरपालिका–७ बर्दियाका ६५ वर्षीय पुरूषको नेपालगञ्ज मेडिकल कलेजमा उपचारको क्रममा सोमबार राति ९ः१५ बजे मृत्यु भएको छ ।

 

यस सँगै कोरोना संक्रमणबाट बाँके जिल्लाभित्रका २४४जना हाल सम्म ज्यान गुमाइसकेका छन, भने बाहिर जिल्ला बाट उपचार का लागि बाँके आएका १९९ जना कोरोना संक्रमित ले ज्यान गुमाएका छन । 

१८ May २०२१ , ५:०२pm
असलम खान