नेपाली समय:

वि.सं २०८१ बैशाख ८   शनिवार

EnglishEN
फितलो प्रशासनिक व्यवस्था ले प्रभावहीन बाँके को निषेधाज्ञा

फितलो प्रशासनिक व्यवस्था ले प्रभावहीन बाँके को निषेधाज्ञा

जेष्ठ -४, बाँके - विश्व व्यापी महामारी को रूपमा फैलिएको कोरोना भाइरस संक्रमण को दोस्रो लहर ले भारत र नेपाल मा अहिले विकराल परिस्थिति सिर्जना गरेको छ । संक्रमण का कारण दैनिक ठुलो संख्या मा मानिस ले ज्यान गुमाई रहेका छन । छिमेकी देश भारत मा फैलिएको महामारी ले नेपाल लाई पनि अछुतो छोडेन मुख्य रूपमा भारत सँग सीमा नाका जोडिएको जिल्ला बाँके कोरोना को हट स्पॉट बन्न पुग्यो । 

 

बाँके जिल्ला मा मृत्यु को सृंखलाले निरन्तरता पाएको छ ।बढ्दो संक्रमण का कारण दैनिक रूपमा संक्रमित ले ज्यान गुमाई रहेका छन । बढ्दो संक्रमण दर र मृत्यु दर लाई ध्यान मा राखी संक्रमण को जोखिम लाई न्युन पार्न निषेधाज्ञा जारी गरियो । तर बाँके को फ़ितलो प्रशासनिक व्यवस्था ले प्रभावहीन भएको छ अहिले बाँके को निषेधाज्ञा ।

 

भारत सँग सीमा जोडिएको बाँके जिल्ला मा बिभिन्न बहाना मा भोज भतेर का लागि जिल्ला भित्रिने को क्रम यथावत रहेको छ ।अत्यावश्यक काम का लागि मात्र बाहिर निस्कनु भन्दा अनावश्यक बाहिर हिंडडुल गर्ने को संख्या मा कुनै कमी आएको छैन । 

 

खाद्य वस्तु खरीद बिक्री गर्ने सार्वजनिक ठाउँ मा स्वस्थ्य माप दण्ड लाई लत्याएर  किनबेच भइरहेको छ । टोल-टोल मा मानिस हरू सामूहिक रूपमा टाइम पास गर्न  स्वाथ्य सुरक्षा सावधानी बिना जम्मा भई संक्रमण को जोखिम लाई अझ बढावा दिइरहेका छन ।

 

यी र यस्ता थुप्रै क्रियाकलाप हरू छन, जसले कोरोना भाइरस को संक्रमण लाई नियंत्रण गर्न बाधा सिर्जना गरेका छन । यी बाधा अवरोध का बीच संक्रमण दर लाई कम गर्न तत्काल कड़ाई का साथ निषेधज्ञा पालन गर्न गराउन पहल गर्नु पर्ने मा जोड दिन नितान्त आवश्यक देखिएको छ ।

 

जिल्ला को फ़ितलो प्रशासनिक व्यवस्था ले बाँके जिल्ला लाई अझ जोखिम पुर्ण परिस्थिति मा पुरयाउन सक्ने भएकोले सम्बंधित निकाय ले समय मै होस पुरयौउन आवश्यक देखिन्छ ।

१८ May २०२१ , ९:४८pm
असलम खान