नेपाली समय:

वि.सं २०८१ बैशाख ८   शनिवार

EnglishEN
बागमती प्रदेशमा कोरोनाबाट एकै दिन ४९ जनाको मृत्यु

बागमती प्रदेशमा कोरोनाबाट एकै दिन ४९ जनाको मृत्यु

जेठ ११, मकवानपुर । कोरोना संक्रमणका कारण बागमती प्रदेशमा एकैदिन ४९ जनाको मृत्य भएको छ ।

पछिल्लो २४ घण्टामा प्रदेशका १३ जिल्लामा १८ जना महिला र ३१ जना पुरुष गरि कुल ४९ जनाको संक्रमणका कारण मृत्यु भएको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

मृत्यु हुनेमा सबै भन्दा बढी काठमाडौं, ललितपुर र भक्तपुरका रहेका छन् । 

मन्त्रालयका अनुसार काठमाडौंका २४ जना, ललितपुरका ८ र भक्तपुरका ६ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

त्यस्तै काभ्रेका ५ जना, नुवाकोटका ४ जना, चितवन र सिन्धुपाल्चोकका १/१ जनाको संक्रमणबाट मृत्यु भएको छ । 

मृत्यु हुनेहरु ३२ देखि ९३ वर्ष उमेर समूहका रहेको मन्त्रालयले जनाएको छ । 

बागमती प्रदेशमा संक्रिय संक्रमितको संख्या ५८ हजार २ सय १३ जना रहेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ । 

जसमध्ये संस्थागत आइसोलेशनमा १ सय ४३ जना, विभिन्न अस्पतालमा १ हजार २ सय ५५ जना, एचडियूमा २ हजार ८३ जना, आइसियूमा ८ सय ८३ जना, भेन्टिलेटरमा ३ सय ६७ जना र होम आइसोलेशनमा ५३ हजार ४ सय ९२ जना रहेका छन् । 

२५ May २०२१ , १०:४२am
हाम्रो आवाज