नेपाली समय:

वि.सं २०८१ बैशाख ७   शुक्रवार

EnglishEN
काठमाडौंको काँडाघारीमा बोरिङ गर्दा प्रज्वलनशील ग्यास निस्कियो

काठमाडौंको काँडाघारीमा बोरिङ गर्दा प्रज्वलनशील ग्यास निस्कियो

जेठ २२, काठमाडौँ । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–९ स्थित काँडाघारीमा पानी निकाल्न बोरिङ गर्दा प्रज्वलनशील ग्यास निस्किएको छ । 

काँडाघारीस्थित खहरेमा स्थानीय रमेश तिवारीको जग्गामा बन्दै गरेको टहरोसँगै बोरिङ गर्दा सो ग्यास निस्किएको स्थानीयले बताएका छन् । 

ग्यासको गन्ध आएपछि लाइटरले सल्काउँदा आगो बलेपछि ग्यास निस्किएको ठाउँमा बोरिङ कार्य रोकिएको छ । सो ग्यासको वैज्ञानिक परीक्षण हुन बाँकी छ ।
स्थानीयले महानगरीय प्रहरी प्रभाग काँडाघारीलाई खबर गरेका छन् । वैज्ञानिक जाँचका लागि प्रहरीले खानी तथा भूगर्भ विभागसँग समन्वय गरिरहेको छ ।

५ Jun २०२१ , २:२४pm
हाम्रो आवाज