नेपाली समय:

वि.सं २०८० चैत्र १६   शुक्रवार

EnglishEN
सुदूरपश्चिम प्रदेश : विश्वासको मत सम्बन्धी प्रस्तावमा काँग्रेस तटस्थ रहने

सुदूरपश्चिम प्रदेश : विश्वासको मत सम्बन्धी प्रस्तावमा काँग्रेस तटस्थ रहने

जेठ २५, काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आज प्रदेशसभामा पेस गर्ने विश्वासको मतसम्बन्धी प्रस्तावबारे प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले तटस्थ भूमिका निर्वाह गर्ने भएको छ । मंगलबार बिहान बसेको संसदीय दलको बैठकले ‘नो भोट’ को नीति लिने निर्णय गरेको हो ।

काँग्रेस सचेतक टेकबहादुर रैकाका अनुसार प्रदेश सरकारले विश्वासको मत नपाउने अवस्थामा मात्र सरकारको निरन्तरताका लागि आफूहरुले भूमिका निर्वाह गर्नेगरी काँग्रेसले रणनीति बनाएको थियो । तर सत्ता साझेदार दल नेकपा एमालेको संसदीय दलले नै सरकारको पक्षमा विश्वासको मत दिने निर्णय लिइसकेको र सरकारले प्रदेशसभामा बहुमत हासिल गर्ने प्रस्ट देखिएको अवस्थामा आफूहरुले तटस्थ रहने निर्णय गरेको उनको भनाइ छ ।

८ Jun २०२१ , १०:४०am
हाम्रो आवाज