नेपाली समय:

वि.सं २०८१ बैशाख ७   शुक्रवार

EnglishEN
स्वर्ण सगरमाथा बृहत् चक्रपथ बन्ने

स्वर्ण सगरमाथा बृहत् चक्रपथ बन्ने

ओखलढुङ्गा, २५ जेठ । सरकारले स्वर्ण सगरमाथा वृहत चक्रपथ निर्माणका लागि ४२ करोड बजेट विनियोजन गरेको छ । माथिल्लो सगरमाथा क्षेत्रका तीन जिल्ला ओखलढुङ्गा, सोलुखुम्बु र खोटाङलाई व्यवस्थित एउटै सडक सञ्जालमा जोड्ने उक्त आयोजना निर्माणका लागि आगामी वर्ष काम गर्नेगरी सरकारले ४२ करोड बजेट विनियोजन गरेको हो ।

स्वर्ण सगरमाथा वृहत चक्रपथ निर्माणका लागि बजेट विनियोजन भएको प्रदेश–१ का भौतिक पूर्वाधार विकास मन्त्री अम्बिरबाबु गुरुङले जानकारी दिनुभयो । नयाँ आर्थिक वर्ष शुरु भए लगत्तै आयोजना निर्माणको काम अघि बढ्ने र यसले माथिल्लो सगरमाथा क्षेत्रका तीन जिल्लाको समृद्धिमा टेवा पुग्ने उहाँको भनाइ छ । मन्त्री गुरुङले भन्नुभयो, “४२ करोड बजेटले काम अघि बढ्दै गर्छ थप बजेट हामी व्यवस्थापन गर्छौँ ।” ओखलढुङ्गा सदरमुकामबाट शुरु हुने स्वर्ण सगरमाथा वृहत चक्रपथ सोलुखुम्बु सदरमुकाम सल्लेरी हुँदै खोटाङ सदरमुकाम दिक्तेलबाट फेरी ओखलढुङ्गा जोडिने छ ।

८ Jun २०२१ , ४:०७pm
हाम्रो आवाज