नेपाली समय:

वि.सं २०८१ बैशाख १२   बुधवार

EnglishEN
नीति तथा कार्यक्रममाथि सैद्धान्तिक छलफल शुरु

नीति तथा कार्यक्रममाथि सैद्धान्तिक छलफल शुरु

विराटनगर, २८ जेठ । प्रदेश नं १ सरकारको आर्थिक वर्ष २०७८÷७९ को नीति तथा कार्यक्रममाथि आजदेखि सैद्धान्तिक छलफल शुरु भएको छ ।

प्रदेश सभाको आठौँ तथा बजेट अधिवेशनको आजको बैठकमा प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिसैद्धान्तिक छलफल शुरु भएको हो ।

प्रदेश प्रमुख सोमनाथ अधिकारी‘प्यासी’ले सरकारको नीति तथा कार्यक्रम बिहीबार प्रदेश सभामा प्रस्तुत गर्नुभएको थियो । मुख्यमन्त्री शेरधन राईले बिहीबार नै सभामा सरकारको वार्षिक नीति तथा कार्यक्रम टेबल गर्नुभएको थियो ।

प्रदेश सभाको बैठकमा आजदेखि शुरु भएको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सदस्यहरु उमीता विश्वकर्मा, केदार कार्की, धीरेन्द्र शर्मा, प्रतापप्रकाश हाङ्गाम, रामकुमार राई, शिवनारायण गनगाँई, शेखरचन्द्र थापा, सञ्जाकुमारी दनुवार र सूयर्माराज राईले सरकारको नीति तथा कार्यक्रम जनता र जनप्रतिनिधिलाई ढाँट्ने दस्तावेज भएको बताउनुभयो । उहाँहरुले प्रदेश सभा गठन भएको समयमा प्रदेशको आर्थिक वृद्धि दर सात दशमलव चार, त्यसपछि छ दलमलव छ र अहिले तीन दशमलव चार भएपछि कसरी प्रदेश समृद्ध हुन्छ भनी प्रश्न गर्नुभयो । आकर्षक नारा राख्ने र त्यसलाई पूरा गर्न बजेटको व्यवस्था नहुँदा समस्या देखिएको उहाँहरुको भनाइ छ । 

उहाँहरुले नीति तथा कार्यक्रममा कमिलादेखि हात्तीसम्मको गफ रहेको तर त्यसको पूरा गर्ने खासै योजना र बजेट नदेखिएकाले सरकार यर्थाथपरक बजेट ल्याउनुपर्ने सुझाव दिदैं सरकार सत्य र तथ्यको आधारमा बजेट ल्याउनुपर्नेमा जोड दिनुभयो । 

अर्का सदस्य विमल कार्कीले सरकारले ल्याएको नीति तथा कार्यक्रम सही छ भन्दै सोच र योजना नबनाई विकासमा फड्को मार्न नसकिने भत्रुभयो । उहाँले विगतमा गैर बजेटरी खर्चले वास्तविक योजनाहरु धरापमा परेकाले अव उप्रान्त कार्यक्रम र योजना बाहेकमा खर्च नगर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । 

प्रदेश सभाको अर्को बैठक भोलि शनिबार बिहान ११ः३० मा बस्ने छ ।

११ Jun २०२१ , ६:०५pm
हाम्रो आवाज