नेपाली समय:

वि.सं २०८१ बैशाख ७   शुक्रवार

EnglishEN
गण्डकी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

गण्डकी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

जेठ ३१, पोखरा । गण्डकी प्रदेशमा कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको बनेको नयाँ सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको छ । यही असार १ गते भित्र बजेट ल्याइसक्नु पर्ने कानुनी ब्यवस्था भएपनि अन्तिम समयमा आएर नयाँ सरकार गठन भएकोले हतारमा सरकारले नीति तथा कार्यक्रम सहित बजेटको तयारी गरेको हो ।

आइतबार नीति तथा कार्यक्रम कसरी ल्याउने भन्नेबारे आज मुख्यमन्त्री पोखरेलले निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसँग छलफल गरेका थिए । पृथ्वी सुब्बाको सल्लाह अनुसार नै आज सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गरेको हो । यसअघि गुरुङ नेतृत्वको सरकराले बजेटका सिद्धान्त तथा प्राथमिकता प्रस्तुत गरेको थियो । 

मुख्यमन्त्री पोखरेलले आइतबार समय छोटो भएकाले नीति कार्यक्रम र बजेटलाई फास्ट ट्रयाकबाट कसरी अगाडि बढाउन सकिन्छ भनी गुरुङसँग सल्लाह गरेका थिए ।
सरकारका प्रवक्ता मन्त्री कुमार खड्काले नीति तथा कार्यक्रम र बजेट ल्याउन सरकारले आवश्यक  तयारी थालेको बताए । उनले आज नीति तथा कार्यक्रम पास गरेर, असार १ गते बजेट ल्याउने गरी सरकार अघि बढेको बताए ।

सरकारले सहभागी सबै दलहरूको घोषणापत्रलाई समेटेर विगतको सरकारले गरेका कामलाई निरन्तरता दिने गरी बजेट निर्माणको कार्य अगाडी बढेको छ । यस अघि बजेट र नीति तथा कार्यक्रमका वारेमा गुरुङ सरकारले आवस्यक तयार गरिसकेकाले त्यसमा केही हेरफेर गरेर प्रस्तुत गर्न लागिएको हो । 

नयाँ सरकारले पदबहालीका क्रममा घोषणा गरेका पाठेघरको क्यान्सरको निशुल्क उपचार, विपद व्यवस्थापन कार्ययोजना बनाउने, पूर्व मुख्यमन्त्रीलाई आवश्यक सुरक्षा लगायतका कार्यलाई प्राथमिकतामा राखेर बजेट ल्याइने छ ।

१४ Jun २०२१ , १०:४७am
हाम्रो आवाज