नेपाली समय:

वि.सं २०८१ बैशाख १३   बिहीवार

EnglishEN
गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित

गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित

असार १, कास्की । गण्डकी प्रदेशको आगामी आर्थिक वर्ष २०७८/७९ का लागि सरकारले प्रदेश सभामा पेश गरेको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । सोमबार प्रदेश प्रमुख सीताकुमारी पौडेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रम मंगलबार छलफल गरी पारित गरिएको हो । 

सरकारले स्वास्थ्य कृषि, पर्यटन र पूर्वाधारलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम पेश गरेको थियो । नीति कार्यक्रममाथिको छलफलमा सबै दलका सांसदले भाग लिएका थिए । सत्ता पक्षका सांसदहरुले सरकार गठन भएको छोटो अवधिमा बनाइएको नीति तथा कार्यक्रममा धेरै विषय समेट्न खोजे पनि कतिपय छुटेकामा बजेटमा समावेश गरेर अगाडी बढ्ने बताए । 

प्रतिपक्षका सांसदहरुले पहिलेका नीति तथा कार्यक्रमहरुलाई प्राथमिकतामै राखेर अगाडि बढ्न सरकारलाई सुझाव दिएका थिए । 

छलफलमा उठेका विषयमा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले जवाफ दिँदै नीति तथा कार्यक्रम सरकारले कार्यान्वयनमा लैजाने बताए । उनले सरकार निर्माणका लागि सहयोग गर्ने सबै पक्षलाई धन्यवाद दिँदै आगामी दिनमा पनि सहयोगको अपेक्षा गरे । 

सरकारले आजै बजेट ल्याउँदै छ । मुख्यमन्त्री  पोखरेलले सदनमा आफै बजेट प्रस्तुत गर्ने कार्यक्रम छ ।  गण्डकी सरकारले संघिय सरकारबाट अघिल्लो वर्ष ३४ अर्ब हाराहारीको बजेट पाएको थियो । संघीय सरकारबाट सबैभन्दा कम १३ अर्ब २ करोड ९७ लाख रुपैयाँ अनुदान पाएको गण्डकी सरकारको लागि क्रमागत योजनाको लागि मात्रै १४ अर्बभन्दा बढी रकम आवश्यक पर्छ । 

कोभिड संक्रमणका कारण अधिकांश व्यवसायीक प्रतिष्ठन नाजुक अवस्थामा पुगेको र अन्य सरकारी राजश्व उठ्ने क्षेत्र समेत धरासायी बनेकाले आन्तरिक स्रोतबाट गण्डकीले मुस्किलले ५ अर्ब राजश्व उठाउने अवस्था रहेको छ । 

१५ Jun २०२१ , २:४९pm
हाम्रो आवाज