नेपाली समय:

वि.सं २०८१ बैशाख ७   शुक्रवार

EnglishEN
नीति तथा कार्यक्रमकाे विपक्षमा मतदान गर्ने एमाले संसदीय दलकाे निर्णय

नीति तथा कार्यक्रमकाे विपक्षमा मतदान गर्ने एमाले संसदीय दलकाे निर्णय

सुर्खेत, १ असार । कर्णालीमा नेकपा एमालेले प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । एमाले संसदीय दलको आज बसेको बैठकले संसदमा आज पास गर्न लागिएको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो ।

चार सांसदको पुनर्बहालीपछि बसेको आजको बैठकमा माधव नेपाल पक्षका सांसद प्रकाश ज्वाला पनि सहभागी थिए ।  सर्वोच्चको आदेशबाट प्रकाश ज्वालासहित अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढा प्रदेशसभा सदस्यको हैसियतमा पुनर्बहाली भएका थिए । 

माओवादी नेतृत्वको सरकारको नीति तथा कार्यक्रम प्रदेशसभामा आज निर्णयार्थ पेश हुँदैछ भने त्यसलाई एमालेले विफल बनाउने रणनीति बनाएको हो । तर  माधव नेपाल पक्षका सांसदहरुको भूमिका निर्णायक हुन्छ ।  

उनीहरुकै फ्लोरक्रसले मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले यसअघि विश्वासको मत पाएको अवस्थामा नीति तथा कार्यक्रम पारित गराउन पनि उनीहरुकै भूमिका निर्णायक हुने भएको हो । आज बैठकमा सहभागी भएका ज्वालाले विपक्षमा मतदान गर्ने बैठकमा जानकारी गराएको प्रमुख सचेतक गुलाबजङ्ग शाहको दावी छ । 

३९ सदस्यीय प्रदेश सभामा एमाले एक्लैको २० सिट पुर्‍याएर सरकारलाई अल्पमतमा पार्ने र नीति तथा कार्यक्रम पारित हुन नदिने दाउमा एमाले देखिएको छ । 

१५ Jun २०२१ , २:५५pm
हाम्रो आवाज