नेपाली समय:

वि.सं २०८१ बैशाख १२   बुधवार

EnglishEN
जिल्ला प्रहरी कार्यालय बाँकेमा अमर प्रहरी स्मारकको उदघाटन

जिल्ला प्रहरी कार्यालय बाँकेमा अमर प्रहरी स्मारकको उदघाटन

असार -६, बाँके - जिल्ला प्रहरी कार्यालय बाँकेको कार्यालय परिसर मा आज शनिबार अमर प्रहरी स्मारकको उदघाटन गरिएको छ । आज आइतवार एक कार्यक्रमका बीच नव निर्मित प्रहरी स्मारकको उदघाटन गरिएको जिल्ला प्रहरी कार्यालय  बाँके ले जनाएको छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, नेपाली सेनाका सेनानी नकुल थापा, सशस्त्र प्रहरी उपरीक्षक असोक बम, लगायत को सहभागिता मा उक्त स्मारक उदघाटन गरिएको छ । 

स्मारक निर्माण समितिलाई धन्यवाद ज्ञापन गर्दै अमर प्रहरीको अस्तित्व जोगाई राख्न स्मारक आवश्यक भएको बाँके का प्रमुख जिल्ला अधिकारी शिव राम गेलाल ले जनाएका छन ।

उदघाटन कार्यक्रम मा बोल्दै बाँके का प्रहरी उपरीक्षक ओम बहादुर राना ले स्मारक निर्माणमा प्रत्यक्ष अप्रत्क्ष रुपमा सहयोग गर्नुहुने सम्पुर्ण महानुभावहरुलाई धन्यबाद दिँदै सहयोग पुर्याउने महानुभावहरुलाई खादा ओढाई प्रशंसा पत्र समेत प्रदान गरी सम्मान गरेका छन।

२० Jun २०२१ , २:४३pm
हाम्रो आवाज