नेपाली समय:

वि.सं २०८१ बैशाख ६   बिहीवार

EnglishEN
बाँकेका सबै सरकारी कार्यालयहरु भोली मंगलवार देखि खुल्ने

बाँकेका सबै सरकारी कार्यालयहरु भोली मंगलवार देखि खुल्ने

असार -७ - बाँकेका सबै सरकारी कार्यालयहरुले भोलि (मंगलबार) देखि खुल्ने भएका छन । जिल्ला प्रशासन द्वारा आज जारी गरिएको सूचना का आधार मा कार्यालयमा भिडभाड नहुनेगरी सेवा प्रवाह  गर्न कार्यालय प्रमुखहरुलाई निर्देशन दिँदै सबै सार्वजनिक कार्यालय  बैंक तथा वित्तिय संस्थाहरु खोल्न बाँके प्रशासनले सुचना प्रकाशित गरेको छ ।

 

कोरोना भाइरस महामारीका कारण यही बैशाख १३ गते देखि बाँकेमा जारी निषेधाज्ञा थप एक हप्ता का लागि लम्बिएको छ । कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेकाले स्थानीय प्रशासनले थप एकसाता निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको छ।

 

पटक पटक को थप हुने निषेधाज्ञा को समयावधि ले बाँके का मध्यम वर्गीय र गरीबीको रेखामुनि रहेका व्यक्ति हरू का लागि अप्ठेरो परिस्थिति सिर्जना हुने गुनासो गरेका छन ।

 

साथै दैनिक उपभोग्य वस्तु तथा अत्यावश्यक सामाग्री खरिद विक्रीका लागि विहान ७ बजेदेखि अपरान्ह ४ बजेसम्म पसल व्यवसाय खुल्ने भएका छन् । 

२१ Jun २०२१ , ९:०३pm
हाम्रो आवाज