नेपाली समय:

वि.सं २०८१ बैशाख ८   शनिवार

EnglishEN
बालाजुमा बस र मोटरसाइकल ठोक्किँदा युवतीको मृत्यु

बालाजुमा बस र मोटरसाइकल ठोक्किँदा युवतीको मृत्यु

असार ८, काठमाडौँ । काठमाडौंको बालाजुमा भएको सवारी दुर्घटनामा परेर एक युवतीको मृत्यु भएको छ । बालाजुस्थित सडकमा ना।४ ख ४२२९ नम्बरको बस र बा।७८ प ८३८४ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर सोमबार साँझ दुर्घटना हुँदा मोटरसाइकलमा सवार तारकेश्वर नगरपालिका(५ लोलाङ हाइट बस्ने गोरखा, भीमसेन गाउँपालिका–७  घर भएकी २४ वर्षीया लक्ष्मी परियारको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक ३४ वर्षीय  सीताराम परियारको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै कञ्चनपुर, भिमदत्त नगरपालिका ८ तिलाचौरस्थित सडकमा म १ प ८५८८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार भिमदत्त नगरपालिका– १० तिल्केनी बस्ने २२ वर्षीय गणेश नाथको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको महाकाली अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक शम्भुराज जोशीलाई सोही अस्पताल हुँदै थप उपचारका लागि धनगढीतर्फ रिफर गरिएको छ । मोटरसाइकलमा सवार घाइते भएका केशव सिंह उपचार पश्चात डिस्चार्ज भएका छन् । 

२२ Jun २०२१ , २:१५pm
हाम्रो आवाज