नेपाली समय:

वि.सं २०८१ बैशाख १५   शनिवार

EnglishEN
उद्योग वाणिज्य सङ्घको आयोजनामा नेपालगञ्जमा उद्योगी व्यवसायीद्धारा प्रदर्शन

उद्योग वाणिज्य सङ्घको आयोजनामा नेपालगञ्जमा उद्योगी व्यवसायीद्धारा प्रदर्शन

असार -८ - नेपालगञ्ज : कोरोना संक्रमण को नियन्त्रण र न्यूनीकरण का लागि पटक पटक थपिदै गएको निषेधाज्ञामा पीडित उद्योगी व्यवसायीहरू लागि राहत दिनुपर्ने माग सहित नेपालगञ्जमा उधोग वाणिज्य संघ ले मङ्गलवार प्रदर्शन गरिएको छ । नेपालगञ्ज उद्योग वाणिज्य सङ्घको आयोजनामा मङ्गलवार  दबाबमूलक कार्यक्रमको आयोजना गरी साङ्केतिक प्रदर्शन गरिएको छ ।

 

निषेधाज्ञा चलिरहेको अवस्थामा सरकारले दिएको कर  दाखिला गर्न दिएको असार २५ सम्म को समयवधि बढाउन माग गर्दै प्रदर्शन गरिएको सङ्घका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले बताएका छन ।

 

यसरी व्यवसायीहरूलाई कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराउनुपर्ने,  बैंक ब्याज छुट, कोरोना सङ्क्रमण घटेसँगै निषेधाज्ञा हटाउनुपर्ने, सिमानाका व्यवस्थित गर्नुपर्ने लगायतका माग सहित प्रदर्शन गरिएको छ ।

२२ Jun २०२१ , ८:०७pm
हाम्रो आवाज