नेपाली समय:

वि.सं २०८१ बैशाख १४   शुक्रवार

EnglishEN
नागरिक स्वास्थ्य अधिकार विषयमा उच्च अदालत तुल्सीपुर नेपालगन्ज इजलास मा रिट दायर

नागरिक स्वास्थ्य अधिकार विषयमा उच्च अदालत तुल्सीपुर नेपालगन्ज इजलास मा रिट दायर

असार-८, बाँके  - नागरिकको स्वास्थ्य अधिकारसँग सम्बन्धित विषयमा सरोकारवाला निकायहरुको ध्यानाकर्षण लागि उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासमा आज मंगलबार रिट दायर गरिएको छ ।

 

एफडब्लुएलडीका सुनिल श्रेष्ठ उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष बसन्त गौतम,गर्नेहरुमा इन्सेकका भोला महत   अधिवक्ताहरू लोकबहादुर शाह, विकास आचार्य, बलबहादुर चन्द, उपभोक्ता हित संरक्षण मञ्चका लुम्बिनी प्रदेश उपाध्यक्ष प्रभात कुमार ठकुरी, फियान नेपाल नेपालगञ्जका प्रमुख अधिवक्ता सुरेश कुमार गौतम ले संयुक्त रूपमा रिट निवेदन दायर गरेका छन ।

 

कोरोना संक्रमणबाट नागरिकलाई बचाउन,  संक्रमण नियन्त्रण गर्न ,संक्रमितलाई सर्वसुलभ र गुणस्तरीय स्वास्थ र उपचार सेवा उपलब्ध गराउन र संक्रमण को बिषम परिस्थिति ले सिर्जना भएको महामारीका कारण भविष्यमा हुन सक्ने संभावित  क्षतिबाट जोगाउन सार्वजनिक सरोकारको विषयमा सम्बंधित निकाय को ध्यान  केन्द्रीत गर्ने उद्देश्यले व्यवस्थापन गर्न रिट दायर गरिएको छ ।

 

रिट निवेदनमा जिल्ला प्रशासन कार्यालय बाँके,भेरीअस्पताल विकास समिति, समितिका अध्यक्ष, बाँके, प्रमुख जिल्ला अधिकारी, जिल्ला विपद् व्यवस्थापन समिति बाँके, जिल्ला कोभिड—१९संकट व्यवस्थापन संचालन  केन्द्र  बाँके, जिल्ला स्वास्थ्य कार्यालय बाँके र कार्यालयका प्रमुखलाई विपक्षी बनाइ रिट निवेदन दायर गरिएको छ ।

२२ Jun २०२१ , ८:१०pm
हाम्रो आवाज