नेपाली समय:

वि.सं २०८१ बैशाख १२   बुधवार

EnglishEN
नेपाल टेलिकमको समस्या समाधान, भएको के हो ?

नेपाल टेलिकमको समस्या समाधान, भएको के हो ?

असार ९, काठमाडौँ । नेपाल टेलिकमको मोबाइल फोन नेटवर्कमा देखिएको समस्या समाधान भएको छ । टेलिकमका प्रवक्ता राजेश जोशीले बुधबार बिहान साढे ६ बजेतिरदेखि टेलिकमको मोबाइल नेटवर्कमा समस्या देखिएकोमा प्राविधिकहरूले सेवा पूर्ववत् अवस्थामा फर्काएको रातोपाटीलाई जानकारी दिए । उनका अनुसार भीओएलटीईमा समस्या देखिएको हो ।

 ‘बिहान करिब साढे ६ बजेतिरदेखि अवरुद्ध भएको सेवा सुचारु भइसकेको छ’, उनले रातोपाटीसँग भने, ‘मोबाइलमा भीओएलटीई सेवा भएकाहरुमा समस्या दिएन, त्यो बाहेकका जीएसएमको भ्वाइस सेवामा मात्रै समस्या थियो । ु सेवा करिव दुई घण्टामा पूर्ववत अवस्थामा फर्काइएको टेलिकमले जनाएको छ ।

भीओएलटीई ९भ्वाइस ओभर एलटीई० भनेको फोजी नेटवर्कमार्फत उच्च गुणस्तरको भ्वाइस कल गर्न सकिने अत्याधुनिक प्रविधि हो । भीओएलटीईको प्रयोगबाट कुराकानी गर्दा मोबाइलमा स्तरीय भ्वाइस प्राप्त गर्न सकिने टेलिकमको भनाइ छ । 

यस प्रविधि मार्फत फोनमा कुराकानी गरिरहँदा फोरजी डाटा पनि साथसाथै चलाउन सकिन्छ। प्रवक्ता जोशीले जीएसएम बिनाको अरु सिस्टममा कुनै समस्या नआएको बताए । उनले भोओएलटी सर्पोट गर्ने मोबाइलहरूमा जीएसएमकै सेवाहरु पनि प्रभावित नभएको दावी गरे ।

२३ Jun २०२१ , १:०५pm
हाम्रो आवाज