नेपाली समय:

वि.सं २०८१ बैशाख १५   शनिवार

EnglishEN
आन्तरिक राजस्व विभागका पूर्व महानिर्देशक शर्मासहित तीनजना विरुद्ध भ्रष्टाचार मुद्दा, एक अर्ब ३३ लाख विगो दाबी

आन्तरिक राजस्व विभागका पूर्व महानिर्देशक शर्मासहित तीनजना विरुद्ध भ्रष्टाचार मुद्दा, एक अर्ब ३३ लाख विगो दाबी

असार ९, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्मासहित तीनजना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगले एक अर्ब ३३ लाख २० हजार ३८५ रुपैयाँ विगोसहितको भ्रष्टाचार मुद्दा बुधबार दायर गरेको हो । आयोगका प्रवक्ता नारायणप्रसाद रिसालका अनुसार कर फर्छ्यौट आयोगको अध्यक्षका रुपमा लुम्बध्वज महत तथा सदस्यद्वय उमेशप्रसाद ढकाल र चुडामणि शर्मा ढकालले अधिकार क्षेत्रभन्दा बाहिर गइ करदातासँग कर फर्छ्यौट सम्झौता गरी राजस्व रकम चुहावट गरेको सम्बन्धमा मुद्दा दायर गरिएको हो ।

उनीहरुले एक अर्ब ३३ लाख २० हजार ३८५ रुपैयाँ वक्यौता कर छुट दिएको पुष्टि भएपछि उनीहरुविरुद्ध मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

२३ Jun २०२१ , ५:३७pm
हाम्रो आवाज