नेपाली समय:

वि.सं २०८१ बैशाख ६   बिहीवार

EnglishEN

बाँके, असार ९ - बाँकेका प्रहरी उपरिक्षक एसपी ओम बहादुर रानाको सरुवा भएको छ । एसपी ओम बहादुर राना सँगै प्रहरी प्रधान कार्यालयले ५२ जना प्रहरी उपरीक्षक को सरूवा गरेको जिल्ला प्रहरी कार्यलय बाँके ले जनाएको छ ।

 

उपरीक्षक राना लाई प्रहरी प्रदेश कार्यालय भैरहवा सरुवा गरिएको छ जिल्ला प्रहरी कार्यालय बाँके ले जनाएको छ । बाँकेमा नयाँ एसपीका रुपमा श्यामकृष्ण अधिकारी आउने भएका छन ।

 

यसका साथै बाँकेका डिएसपी सुभास खड्काको काठमाडौं उपत्यका ट्राफिक प्रहरी महाशाखा ट्राफिक अपराध अनुसन्धान तथा अभिलेखन शाखामा सरुवा भएको छ । प्राप्त जानकारी अनुसार खड्काको सरुवासंगै बाँकेमा नयाँ डिएसपीका रुपमा मधुसुदन न्यौपाने आउने भएका छन । 

२३ Jun २०२१ , ७:४३pm
हाम्रो आवाज