नेपाली समय:

वि.सं २०८१ बैशाख २६   बुधवार

EnglishEN
बागमती प्रदेशसभा बैठक १७ गते बस्ने

बागमती प्रदेशसभा बैठक १७ गते बस्ने

असार १५, काठमाडौं । बागमती प्रदेशसभा बैठक आगामी असार १७ गते बस्ने भएको छ । प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले असार १७ गते ३ बजेका लागि प्रदेशसभा बैठक आह्वान गरेका हुन् ।

उक्त बैठकमा प्रदेश सरकारले संसद्मा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट वक्तव्य माथि छलफल हुने जनाइएको छ ।

गत असार १ गते बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरे लगत्तै स्थगित भएको प्रदेश सभा बैठक हाल सम्म पनि बस्न सकेको थिएन ।

प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि पूँजीगत तर्फ २९ अर्व ७० करोड ४३ लाख ४ हजार रुपैयाँ र चालुतर्फ २६ अर्व १ करोड ६६ लाख २३ हजार रुपैयाँ र वित्तीय तर्फ २ अर्व रुपैयाँ गरी कुल कुल ५७ अर्व ७२ करोड ९ लाख २७ हजार रुपैयाँ बजेट प्रस्तुत गरेको छ । 

२९ Jun २०२१ , ४:२९pm
हाम्रो आवाज