नेपाली समय:

वि.सं २०८१ बैशाख १३   बिहीवार

EnglishEN
शिक्षक महासंघ बाँके शाखा द्वारा शिक्षा विकास तथा समन्वय इकाई नेपालगन्ज मा धरना प्रदर्शन

शिक्षक महासंघ बाँके शाखा द्वारा शिक्षा विकास तथा समन्वय इकाई नेपालगन्ज मा धरना प्रदर्शन

असार -२५, बाँके - शिक्षक महासंघ बाँके शाखा ले आज शिक्षा विकास तथा समन्वय इकाई नेपालगन्ज मा धरना प्रदर्शन गरेको छ । गुण स्तरीय शिक्षा को बिकास लगायत ३४ बुंदे मागसाहित आन्दोलन मा रहेको शिक्षक महासंघ को आन्दोलन लाई देश्वयापी रूप मा अघि बढाउदै आज बाँके मा धरना दिइएको हो ।

 

गुण स्तरीय शिक्षा को बिकास ,आधारभुत तहदेखि माध्यमिक तह सम्म को निशुल्क शिक्षा सम्बन्धी कानुन व्यवहार मा लागु गर्न,तत्काल संघीय शिक्षा ऐंन जारी हुनु पर्ने,शिक्षक तथा विद्यालय कर्मचारी का लागि अविलम्ब कोभीड विरुद्द को खोप को व्यवस्था, विद्यालय व्यवस्थापन समिति गठन मा सबै विद्यालय मा एकरूपता, लगायत ३४ बुंदे माग सहित धरना दिइएको नेपाल शिक्षक महासंघ बाँके ले जनाएको छ । 

 

३४ बुंदे मागसाहित निरन्तर दबाब का कार्यक्रम हरू अघि बढ़ाउंदै आएको शिक्षक महासंघ ले माग सम्बोधन नभए सम्म जारी रहने जनाएको छ ।

९ Jul २०२१ , ८:४५pm
हाम्रो आवाज