नेपाली समय:

वि.सं २०८१ बैशाख १३   बिहीवार

EnglishEN
छोरी जन्मिएपछि परिवारै मिलेर हत्या, आमासहित ४ जना पक्राउ

छोरी जन्मिएपछि परिवारै मिलेर हत्या, आमासहित ४ जना पक्राउ

असार ३०, मोरङ । बिराटनगरमा एक परिवारले नवजात शिशुको हत्या गरेको छ । प्रहरीका अनुसार जन्मिएको बच्चा छोरी भएकाले परिवारै मिलेर हत्या गरिएको हो ।

हत्यामा संलग्न रहेको अभियोगमा आमासहित ४ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा रंगेली नगरपालिका–५ आँपगाछी टोल बस्ने २५ वर्षीया खुस्वु मण्डल, उनकै बुबा ५० वर्षीय नागेश्वर मण्डल, उनकै आमा ४८ वर्षीय उर्मिला मण्डल र उनकै श्रीमान २८ वर्षीय अरुण मण्डल रहेका छन् ।

आइतबार राति खुस्वुले छोरीलाई जन्म दिई ब्ल्याङ्केटले घाँटी थिची हत्या गरी उनकै आमा बुवाले सञ्चालन गर्दै आएको रंगेली नगरपालिका–५ चाँदनी चोकस्थित मदिरा पसलभित्र खाल्डो खनी गाडेको प्रहरीले जनाएको छ ।

छोरी जन्मिएपछि जन्मनेवितिकै हत्या गरिएको अनुसन्धानको क्रममा खुल्न आएपछि ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरु उपर कर्तब्य ज्यान कसूरमा जिल्ला अदालत मोरङबाट ५ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

 

१४ Jul २०२१ , १२:५८pm
हाम्रो आवाज